पृष्ठभूमी

प्रविधि हस्तान्तरणको सशक्त माध्यमको रुपमा रहेको तालिम क्रियाकलापलाई संगठित गर्ने,  तत्कालिन कृषि विभाग अन्तर्गतका विभिन्न निकायहरुले सञ्चालन गर्ने सेवाकालिन र अगुवा कृषक  तालिमहरुको गुणस्तर अभिवृद्धि गर्ने र तालिम कार्यक्रम सञ्चालनमा हुन सक्ने दोहोरोपना हटाउने मूल उद्देश्य सहित नेपाल सरकारको मिति २० ४४ मार्ग २४ गतेको निर्णयबाट तत्कालिन कृषि तालिम तथा प्रचार शाखाबाट अलग्याई केन्द्रीय कृषि तालिम केन्द्र र पाँचै विकास क्षेत्रका तराई र पहाडमा एक एक वटा गरी १० वटा क्षेत्रीय कृषि तालिम केन्द्रहरुको स्थापना गरियो । आ.व. २० ४६÷४७ मा पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलका पहाडी भेगका क्षेत्रीय कृषि तालिम केन्द्रहरुलाई सोही क्षेत्रका तराईमा अवस्थित तालिम केन्द्रहरुमा गाभियो । कृषि मन्त्रालयको संगठनिक संरचनामा गरिएको परिवर्तन अनुरुप २० ४९ श्रावण १ गते देखि पाँच वटा क्षेत्रीय कृषि तालिम केन्द्रहरु कायम गरी तत्कालिन पशु सेवा विभाग अन्तर्गतको केन्द्रीय तालिम तथा प्रसार केन्द्र, क्षेत्रीय कृषि तलिम केन्द्र, जनकपुर र नेपालगञ्जलाई क्रमशः केन्द्रीय कृषि तालिम केन्द्र, क्षेत्रीय कृषि तालिम केन्द्र परवानीपुर र क्षेत्रीय कृषि तालिम केन्द्र नेपालगञ्ज कायम गरियो । आ.व. २०५१÷५२ देखि क्षेत्रीय कृषि तालिम केन्द्र परवानीपुरलाई नक्टाझिज, धनुषामा स्थानान्तरण गरियो । आ.व. २०५२÷५३ मा तत्कालिन कृषि विकास विभागको सांगठनिक संरचनामा परिवर्तन भई कृषि

विभाग र पशु सेवा विभाग गठन गरियो । सोही बमोजिम कृषि विभाग र पशु सेवा विभाग अन्तर्गत कृषि तालिम छुट्टाछुटै तालिम इकाईहरुको व्यवस्था गरिएको छ  । यसरी हाल कृषि विभाग अन्तर्गत कृषि तालिम निर्देशनालय हरिहरभवन र झुम्का, नक्टाझिज, खजुरा, लुम्ले, सुन्दरपुर गरी पाँच वटा क्षेत्रीय कृषि तालिम केन्द्र रहेका छन् । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत खैरेनीटार र भैरहवा मा गरी २ वटा क्षेत्रीय कृषि तालिम केन्द्र रहेकोमा नेपाल सरकारको निर्णय बमोजिम आ. व. २०६०÷६१ मा क्षेत्रीय कृषि तालिम केन्द्र, भैरहवालाई सुन्दरपुर, कञ्चनपुरमा हस्तान्तरण गरिएको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०६० मंसिर ४ गतेको निर्णय अनुसार तत्कालीन कृषि तथा सहकारी मन्त्रालयको सांगठनिक स्वरुपमा परिवर्तन भयो । सोही क्रममा केहि अधिकृतहरुका दर वन्दी समेत थपेर केन्द्रीय कृषि तालिम केन्द्रको नाम परिवर्तन गरी कृषि तालिम निर्देशनालय राखिएको छ भने क्षेत्रीय कृषि तालिम केन्द्रहरुमा पनि केही दरबन्दीहरु थपघट भए पनि कार्यालयको नाम भने यथावत कायमै राखिएको छ  ।

देश संघीय संरचनामा गएकाे संदर्भमा साेही अनुरुप यस केन्द्रवाट संचालन हुने कार्यक्रमहरु कृषिसंग  सम्बन्धित केन्द्रिय, प्रादेशिक मन्त्रालय र अन्य  निकायसंग समन्वय गरि अगाडी बढिने छ ।

  • बासुदेव काफ्ले
    प्रमुख तालिम अधिकृत

Related Links